FAQs Complain Problems

वडा नं. ७

(१)सानीभेरी गाउँपालिका वडा नंं.७ को परिचयः
देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा गइसकेको अवस्थामा नेपालको संविधान २०७२ को कार्यन्वयन गर्ने शिलशिलामा संघ,प्रदेश र स्थानीय तह गरी तीन तहको शासकिय स्वरुपमा रहेको छ । नेपाल सरकारले स्थानीय निकाय विघटन तथा स्थानीय तहको पुनसंरचना र निर्वाचन भए पश्चात ७५३ स्थानीय तह मध्ये ६नं प्रदेश अन्तरर्गत रुकुम(पश्चिम) को सानीभरी गाउँपालिका एक हो । यस गाउँपालिका रहेका ११ वटा वडाहरु मध्ये भौगोलिक तथा जनसंख्याको हिसावले मध्यम वडा न. ७( साविक सिम्ली गाविस का ३,४र ५ वडाहरु कायम गरी बनेका)े पूर्वमा सानीभेरी गाउँपालिका वडा नं ८ वडाहरु,पश्चिममा सानीभेरी गा.पा.वडा न. २ र उत्तरमा सानीभेरी नदी का साथ वडा नं ३ दक्षिणमा चौरजहारी नगरपालिका वडा नं १०,१२ र सानीभेरी गाउँपालिका वडा न.८, भौगोलिक क्षेत्रभित्र पर्ने प्राकृतिक, धार्मिक,राजनीतिक,सामाजिक तथा ऐतिहासिक महत्तका दृष्टिकोणले एक अनुपम हो ।
(२)ऐतिहासिक पृष्ठभूमिः
स्थानीय बुढा पाका को भनाई अनुसार यस ठाउँमा पुराना किवदन्तीहरु नभए पनि यस सानीभेरी गाउँपालिका वडा नं ७ लाई सहरे र फुक्रु मिलेर बनेको छ ।जग्गाका पाटा फैलिएको र उस्केको जस्तो भएकोले यस ठाउँको नाम फुक्रु रहन गएको हो । सल्याणबाट सरेर आएकोले यस वडाको अर्को बस्तीलाई सहरे रहन गएको हो भन्ने गरिन्छ । जनताको मुख्य पेशा कृषि तथा पशुपालन हो । माथिल्लो भाग पाखो चाहर जमिन ,जङगल र तल्लो सानीभेरी नदिको किनारामा ज्युलाहरु फुक्रुज्युला,द्धवारे ज्यउला,सहरे ज्यउला रहन गएको छन् । । मध्य पहाडी लोकमार्गको निमार्ण सँगसँगै यसको स्तरउन्नतीले राज्यको पहुच तथा भौगोलिक रुपमा पछाडि परेकोमा यस ठाउँको शोभा सहित व्यावसायिक तथा बसोबासमा तीव्रता बढेको छ ।
(३)अवस्थितिः
रुकुम(पश्चिम)को संघको एक र प्रदेशको लागी २ नं निर्वाचन क्षेत्रमा पर्ने सानीभेरी तथा बीचमा पर्ने ७ नं वडा को भौगोलिक अवस्थिति उत्तरी क्षेत्रतिर फैलिएको यस वडाको क्षेत्रफल .......हेक्टर रहेको छ ।
(४) भौगोलिक वनावटः
यस वडाको भौगोलिक आधरमा २ भागमा बाड्न सकिन्छ ।
(क) पहाडी भाग ः यस वडाको माथिल्लो धेरैजसो भाग वनजङल भिरालो जमिनले ढाकेकोले उव्जाउ कम मात्रामा मकै, गहँु,कोदो, जौ, आलु आदि बालीहरुकोे उत्पादन गरिन्छ ।
(ख) ज्युला(बेशी)भागः यस वडाको सानीभेरी नदिको किनारमा रहेको भूभाग समथर,सीचाई सुविधा भएकोले खाद्य बाली (धान,गहुँ,मकै,)साथै तरकारीबाली (मास,आलु,खुर्सानी,अदुवा,तोरी आदि)उत्पादन राम्रो हुन्छ ।

Population: 
२०८०
Ward Contact Number: 
9847953581