FAQs Complain Problems

वडा नं. ५

संक्षिप्त परिचयः
देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा गइसकेको अवस्थामा नेपालको संविधान २०७२ को कार्यन्वयन गर्ने शिलशिलामा संघ,प्रदेश र स्थानीय तह गरी तीन तहको शासकिय स्वरुपमा रहेको छ । नेपाल सरकारले स्थानीय निकाय विघटन तथा स्थानीय तहको पुनसंरचना र निर्वाचन भए पश्चात ७५३ स्थानीय तह मध्ये ६नं प्रदेश अन्तरर्गत रुकुम(पश्चिम) को सानीभरी गाउँपालिका एक हो । यस गाउँपालिका रहेका ११ वटा वडाहरु मध्ये भौगोलिक तथा जनसंख्याको हिसावले ठूलो वडा न.५(साविक दुली गाविस का १,३ र ९ वडाहरु कायम गरी बनेकाे पूर्वमा बाफिकोट गाउँपालिका वडा नं.... पश्चिममा सानीभेरी गा.पा.वडा न.४ र आठवीसकोट नगरपालिका वडा न १४ उत्तरमा आठवीसकोट नगरपालिका वडा नं. १२ दक्षिणमा सानीभेरी गा.पा.वडा न.६ पर्दछ । भौगोलिक क्षेत्रभित्र पर्ने प्राकृतिक, धार्मिक,राजनीतिक, सामाजिक तथा ऐतिहासिक महत्त्वका दृष्टिकोणले एक अनुपम हो ।
ऐतिहासिक पृष्ठभूमिः
बाइसे चौविसे राज्यमध्ये जाजरकोटी र बाफिकोटे राजाहरुको शासन बाट प्रत्यक्ष प्रभावित यहाँका जनताको मुख्य पेशा कृषि तथा पशुपालन हो । माथिल्लो मौराखाराको भाग पाखो चाहर जमिन ,जङगल साथै अग्ला अग्ला डाँडाकाँडा हरुले घेरीएको बिचमा ठुलो प्रकारको फैलीएको घनाबस्ती चारैतिर हरियो वनको छाँयाकंण चारैतिरको पहाडहरुले घपक्कै ढाकेकोभएर यस ठाउँको नामघापागारनामाकरण गरिएको हो । वि.स. २०३९साल अघी यस ठाउँ तत्कालिन झुला पञ्चायतमा पर्दथ्यो भने वि.स. २०४७ सालमा तत्कालिन झुला पञ्चायतका केहि वडालाई टुक्राई दुली गा.वि.स. को स्थापना भएको र १० वर्षे शशस्त्र जनयुद्व र २०६२।६३ सालको जनआन्दोलन र शान्ति सम्झौताको फलस्वरुप वि.स. २०७३।११।२७ गते स्थानिय निकाय विगटन भए पश्चात तत्कालिन दुली गा.वि.स. स्थानिय तहमा कार्यन्वयनमा आए पश्चात तत्कालिन दुली गा.वि.स. का वडा १,३ र ९ लाई गाभेर यस सानीभेरी गाउँपालिकाको वडा नं. ५ घापागार रुकुम (पश्चिम)नामाकरण गरियको हो । राज्यको पहुच तथा भौगोलिक रुपमा पछाडि परेकोमा यस ठाउँको शोभा सहित व्यापारीक क्षेत्ररुपमा परिचित भएको छ ।
अवस्थितिः
रुकुम(पश्चिम)को संघको एक र प्रदेशको लागी २ नं निर्वाचन क्षेत्रमा पर्ने सानीभेरी तथा मोराखारा लेक बीचमा पर्ने ५ नं वडा को भौगोलिक अवस्थिति विश्व मानचित्रमा २८०.२९देखि २८०.४३उत्तरी अक्षांश र ८२०.१६ देखि ८२०.३० पूर्वी देशान्तरमा पर्दछ । सानीभेरी गाउँपालिकाको उत्तरी क्षेत्रमा पर्ने यस वडाको क्षेत्रफल ४८५८० हेक्टर रहेको छ ।
भौगोलिक वनावटः
यस वडाको भौगोलिक आधरमा ३ भागमा बाड्न सकिन्छ ।
(क) लेकाली भागः
यस वडाको माथिल्लो धेरैजसो भाग वनजङल भिरालो जमिनले ढाकेकोले उव्जाउ कम मात्रामा स्याउ, आलु, अन्य जडीबुटी आदि बालीहरुकोे उत्पादन गरिन्छ ।
(ख) बिच भागः
यस वडाको घापागार, बल्देबास, धनेखोलामा रहेको भूभागमा,सीचाई सुविधा भएकोले खाद्य बाली (धान,गहुँ,मकै,)साथै तरकारीबाली (आलु,खुर्सानी,अदुवा,तोरी आदि)उत्पादन राम्रो हुन्छ ।
(ग) बेसीज्युला भागः
यस सानीभेरी गाउँपालिका वडा नं.५ बेसीज्युला उत्पादनको मुख्य स्थान बनेको छ । यस भागमा सिंचित क्षेत्र भएकोले उत्पादन दृष्टिमा निकै महत्वको रुपमा रहेको छ । तथापी यस वडामा नरम र बलौटे तथा उर्बर माटो भएको हुँदा धान तथा तरकारी खेतीका लागि राम्रो मानिन्छ । यस षेत्रमा विशेष गरी धान, गहुँ, कोदो, मकै, जौँ र तरकारी बालीमा काउली, बन्दा, लसुन, प्याज, टमाटर, मुला, गाजर, भन्टा लगाएतका अन्य हरिया सागसब्जीहरु उत्पादन हुने गर्दछन ।

Population: 
२४२४
Ward Contact Number: 
9847478353